
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित २३ प्रतिशत बोनस शेयर पुस ३० गते पारित गर्ने भएको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले पुस ३० गते १२औं वार्षिक साधारण सभामार्फत लाभांश प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।
यस वर्ष कम्पनीले बोनस शेयर मात्र वितरण गर्न लागेको हो । प्रस्तावित बोनस शेयर वितरणको प्रस्तावसँगै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत सभामार्फत स्वीकृति प्रदान गर्नेछ । सभाले सञ्चालक समितिबाट एकजना सञ्चालक नियुक्तीलाई समेत अनुमोदन गर्नेछ ।
उपयुक्त अन्य लघवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । यो साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस