aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

' नाडा अटाे शाे २०१९' मा जे देखियाे ७० फाेटाेमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
' नाडा अटाे शाे २०१९' मा जे देखियाे ७० फाेटाेमा

काठमाडौ । भदाै १० गतेदेखि शुरू भएकाे नाडा अटाे शाे २०१९ आइतबारसम्म चल्ने छ । उक्त मेलामा १६० वटा स्टल राखिएको छ । दैनिक मेला हेर्न आउनेको भीड बढ्दो छ । आयोजकका अनुसार उद्घाटनको पहिलो दिन नै १० हजार दर्शकको उपस्थिति रहेको थियो । 

मेलामा आउनेहरूको पहिलो गन्तव्य विद्युतीय सवारी साधन बन्ने गरेको छ । विद्युत्बाट चल्ने गाडी, मोटरसाइकल र स्कुटर मेलामा राखिएकाले युवादेखि पाका पुस्तासम्मको नजर यिनै सवारी साधनमा बढी पर्ने गरेको छ ।

 

 

साढे ७३ लाखको बाइक

नाडा अटो सो मेलामा चर्चा महँगा बाइकको छ । जुन बाइक गाडीहरूको तुलनामा बढी मूल्यका छन् । दर्शकको केन्द्रविन्दु तिनै मोटरसाइकल बन्ने गरेको छ ।

मोटरसाइकल हेर्ने, त्यसको विशेषता बुझ्ने, मूल्य सोध्ने र सँगै बसेर फोटो खिचाउने दर्शकको भीड लाग्ने गरेको छ । एमभी अगुस्टा ब्रान्डले उत्पादन गरेको मोटरसाइकल भेलोसिटी कम्पनीले अटो सोमा राखेको हो ।

कम्पनीले ४३ लाखदेखि ७३ लाखसम्मका बाइक मेलामा राखेको छ । बिहीबार सबैभन्दा महँगो बाइक लन्च गरिएको छ । अगुस्टाको ब्रुटाले ८०० आरआर एलएच ४४ बााइक लन्च गरिएको हो । जुन ८ सय सीसीको हो ।

मूल्य ७३ लाख ९० हजार रहेको छ । लुइस ह्याम्लिन्टन र एमभी अगुस्टाको संयुक्त कोलाब्रेसनमा ब्रुटाले ८०० आरआर एलएच ४४ बाइक संसारभरि १४४ वटा बनेको छ ।

प्रतिक्रिया दिनुहोस