काठमाडौँ । के तपाईसंग कुनै पुरानो गाडी त्यतिकै थन्किएर बसेको छ ? यदि त्यसो हो भने नाडा अटो सोमा तपाईको लागि लोभलाग्दो अफर छ । त्यो हो, पुरानो गाडीको च्याचिस नम्बर र बाहिरी बडी मात्र दिंदा पनि नयाँ गाडी हातमा दिने अफर ।
यो तपाईको लागि आकर्षक किन पनि हुन्छ भने तपाईले पुरै ब्याट्रीबाट चल्ने नयाँ गाडी पाउनुहुन्छ । चाहे तपाई डिजल इन्जिन वाला गाडी दिनुहोस वा पेट्रोल इन्जन भएको थोत्रो गाडी । अझ रोचक पक्ष त यो छ कि तपाई आफ्नो गाडीमा के के सुबिधा र फिचर राख्न चाहनुहुन्छ त्यहि अनुसारको गाडी बन्छ ।
फ्यूचर ग्रीन इनर्जी प्रालि नामक कम्पनीका इन्जिनियरले ग्राहकले कुन गतिमा दौडन सक्ने कार चाहेको हो सोहि अनुरुपको कार बनाइदिन्छन् । ब्याट्रीको क्षमता, शक्ति र सुरक्षाको लागि एयर ब्याग आदि पनि ग्राहकको रोजाइको आधारमा राख्न वा नराख्न सकिन्छ । त्यतिमात्र होइन कारको भित्रि र बाहिरी सजावट समेत आफैले चाहे अनुरुपको हुन्छ ।
यदि म्यानुअल गियर छ भने त्यसलाई अटोमेटिक पनि बनाउन सकिन्छ । यसरी बनाएको गाडीमा त्यस्तो फिचर समेत राख्न सकिन्छ कि चाहेको खण्डमा ठाउंको ठाउं रोक्न सकिने समेत हुनसक्छ ।
फ्यूचर ग्रीन इनजी नामक कम्पनीले तपाईलाई सम्पूर्ण रुपमा नयाँ पार्ट पुर्जा सहितको गाडी पुरानो गाडीको च्याचिस र बाहिरी बडी मात्र दिंदा नै बनाएर दिने घोषणा गरेको छ । पुरानो गाडीको गियर बक्स, इन्जन, क्लज केहिपनि आवश्यक पर्दैन । कम्पनि संग यसका लागि २५ जना इन्जिनियरको टिम छ ।
हरेक पुराना गाडीमा कहाँनेर कुन पार्ट राख्दा त्यो सबैभन्दा उत्कृष्ट भन्छ भन्नेकुरा पहिले अध्ययनगरेर अनि मात्र त्यसमा ब्याट्री लगायतका अन्य पुर्जाहरु राख्ने गरिन्छ । सामान्यतया ब्रान्डेड बिधुतिय सवारीमा जे जस्ता फिचर हुन्छन् ति सबै यसमा हालेर नयाँ बनाइने हुनाले नाडामा यो बिशेष आकर्षणको केन्द्र बनेको छ । रोचक कुरा त यो छ कि यसमा सम्पूर्ण रुपमा नेपाली इन्जिनियरको योगदान र रचनात्मकता देख्न सकिन्छ ।यो नाडामा यसको प्रदर्शन मात्र गर्न राखिएका छन् मुल्यभने केहि दिनमा तय गरिने फ्यूचर ग्रीन इनर्जीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस