
काठमाडाैं । भदौ १० गतेदेखि शुरू भएको नाडा अटो शो २०१९ मा तीन दिनमा लगभग ३८ हजार जनाले अवलोकन गरेका छन् ।
नाडा शोमा पहिलो दिन १० हजार, दोस्रो दिन १३ हजार, र तेस्रो दिन १४ हजार ८ सयले नाडा शो अवलोकन गरेको नाडा शोका प्रवक्ता अनुप बरालले बताए । नाडा शो अवलोकन गर्ने व्यक्तिहरूको प्रत्येक दिन भिड बढ्दै गएको छ ।
आइतबारसम्म चल्ने शोमा १६० वटा स्टल राखिएको छ । नाडा शोमा सर्वसाधारणलाई २ सय, विद्यार्थीलाई १५० रूपैयाँ टिकट काट्ने व्यवस्था रहेको छ भने अशक्त र ६५ वर्ष माथिका बृद्ध बृद्धालाई १०० रूपैयाँ लिने गरेको छ ।
नाडा शो प्रत्यक वर्ष गरिदै आएको छ । तर अरू बेलाको भन्दा यो वर्ष नाडा शो हेर्न आउनेको संख्या बृद्धि हुनुको साथै ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएको प्रवक्ताले बताए ।
यस वर्षको नाडा शोमा मा महंगा गाडि र मोटरसाइक संगै विद्युतिय सवारी साधनको पनि ग्राहक वर्गबाट राम्रो प्रतिक्रिया आएको आयोजक पक्षको भनाई छ ।
प्रतिक्रिया दिनुहोस