काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले सोमवार नेप्से मार्फत लाभांश प्रस्ताव सार्वजनिक गरेको हो ।
कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ११ करोड ९० लाख रहेको छ । सोही पूँजीको आधारमा कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरणको तयारी कम्पनीले गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । सिवाईसी नेपाल लघुवित्तसँग मर्जर प्रकृयामा रहेको यस कम्पनीले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस