
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधनको लागि ३० ठाउँमा चार्जिङ स्टेशन बनाउने भएको छ । विद्युत प्रधिकरणले ११ केभीमा चार्जस्टेशन राख्नको लागि सार्वजनिक यातायात र अन्य यातायात गरी २ प्रकारकाे यातायात भोल्टेज व्यवस्था गरेको विद्युत प्राधिकरणले जनाएकाे छ ।
विद्युत प्राधिकरणले यातायात क्षेत्रलाई सवारी साधन चार्ज गर्नको लागि रातिको समयमा प्रतियुनिट ४ रूपैयाँ २० पैसा, दिउसोको समयमा ८ रूपैयाँ २० पैसा र बेलुकाको समयमा ९ रूपैयाँ लाग्ने प्राधिकरणले जनाएको छ ।
मझेउला भोल्टेज ३३ के.भी लिएर रातिको समयमा चार्ज गर्यो भने ३ रूपैया ७० पैसा लाग्ने छ । आफुले राखेको डिमान अनुसार डिमान चार्ज तिर्नुपर्ने छ । तर ११ केभिमा लियो भने अन्य यातायात जस्तै २ सय ५५ रूपैंया पर के.भि डिमान लाग्ने छ । तत्कालको लागि विद्युतिय चार्जिङ स्टेसन छैन भन्न नपाईने विद्युत प्राधिकरणको भनाई छ ।
चार्ज गर्दा एउटा बसको चार्जिङ र भेकल चार्जिङ हुन्छ । बसको इन्फा स्टक्चर ठुलो हुन्छ १२०, १५० किलोवाटको हुन्छ धेरै बोकेर हिड्छ । तर कारको विभिन्न टाइप हुन्छ । टाइप ४ सम्म रहेको छ । चार प्रकारको विभिन्न चार्जिङ रहेको छ ।
उनले भने 'पहिला नेपालमा आएको कारहरू टाइप १ र टाइप २ रहेको थियो त्यो घरमै चार्ज गर्न मिल्ने थियो टाइप ३ एसिअनुगुड चार्जर हो र टाइप ४ चार्ज भनेको छिटो चार्ज हुने हो । त्यो चार्जर भनेको कारहरूको डिसि बुक चार्जर हो । त्यसलाई २,३ घण्टा चार्ज भयो भने २ देखि ३ सय किलोमिटर गुड्न सक्नेछ ।'
प्रधिकरणले विजुली बढि सेल गर्नुपर्ने भएको छ विद्युत उत्पादन बढ्ने भएकोले काही न काही सहकार्य गर्नुपर्ने भएकोले चार्जिङ स्टेसनमा लगानि गर्न लागेका हौं ।
विद्युत प्राधिकरणका सहायक प्रवन्धक सागर ज्ञवालीले भने ‘कारमा फुल चार्ज गर्यो भने १५,१६ घण्टा टिक्ने छ । कारको लागि नेपाल सरकारले २० वटा कार्ययोजना मागेको थियो । तर प्राधिकरणले ५० वटा गर्नु पर्छ भनेर हामीले त्यो सबै कसरी गर्ने के गरी गर्ने भनेर सबै तयार गरिसक्यौ अब टेण्डरमा जाने तयारीमा छौ । टेण्डर गर भनेको दिनमा टेण्डर गर्न तयार छौ । नेपालमा जुन जुन कार आउछ त्यो कार चार्ज गर्न मिल्ने गरीे स्टेशन बनाएको छ’ ।
विभ्।िन्न ठाँमा चार्जिङ स्टेशन राखेर नेपालका सवारी साधनलाई चार्ज गर्न पुग्ने उनले बताए । सिङगल ठाउँमा एउटा चार्जिङ स्टेसन राख्ने सपिङ महल र विद्युत प्राधिकरणको ठाउँमा राखिने भएको छ । चार्ज गर्नको लागि एपबाट पनि बुक गर्न सकिने छ ।
चार्जिङ सेवा उपलब्ध गराउन चार्जिङ स्टेसन स्थापना गर्ने संस्था वा व्यक्तीले स्टेसनको प्रकृतिका आधारमा १५ देखि २० प्रतिशत सेवा शुल्क लिन पाइने व्यवस्था सिफरिसमा गरिएको प्राधिकरणले जनाएको छ ।
१०,१२ वटा ठाउँको लिस्टीङ आएको र ३०,४० वटा चार्जिङ स्टेसनको लागि ठाउँको समस्या नहुने बताए ।
प्रतिक्रिया दिनुहोस