
काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिकाे बैंकले उक्त हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
सांग्रिला उर्जा प्रालि द्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयोजना मा कम्पनीको कम्तिमा ५१ प्रतिशत शेयर कायम हुने गरी लगानि गर्न हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।
हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले विद्युत नियमन आयोगको स्वीकृती पाएपछि ,साधारण सभाले पारित गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड रहेको छ । २ सय प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस