aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एशियन हाइड्रोपावरको आईपीओ खरीदका लागि स्थानीयमा म्याद थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ पुस २०७९
एशियन हाइड्रोपावरको आईपीओ खरीदका लागि स्थानीयमा म्याद थप

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयन वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीले भने पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयमा पनि छिटो अवधि पुस १२ गतेसम्म विक्री गरिने मिति तय गरिए पनि माग बमोजिम आवेदन नपरेपछि म्याथ थप गरिएको हो । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री गर्न लागेको हो । 

स्थानीयमा वितरण हुने कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र ईलामा जिल्लाको ईलाम नगरपालिका वडा नम्बर १० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नम्बर ३,४ (साविक नाम्सालिङ्ग गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु तथा नयाँ बजार गाविसको वडा नम्बर ५), तथा सूर्योदय नगरपालिका वडा नम्बर ११ (साविक माघेसुन्तले र तिनघरे गाविसका सम्पूर्ण वडाहरु तथा साविकको सूर्योदय गाविसको वडा नम्बर ३,४ र ५ ) का स्थानीय वासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अति प्रभावित क्षेत्र बाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने वासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर छुट्याईएको छ ।
कम्पनीले सर्वसाधारणमा निष्कासन हुने ८ लाख ४० हजार कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गर्न लागेको हो । दुबै समूहका लगानीकर्ताले यो शेयर खरदीका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । 
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयसँगै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाई प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयको हकमा भने विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै एनएमबि बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको ईलाम शाखाबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराईएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कमपनीले ईलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार  हुने अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी हुने अनुमान कम्पनीको छ । 

हाल कम्पनीमा संस्थापक तर्फबाट रू. २२ करोड २० लाख रकम चुक्ता भएको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ जारी पश्चात दोस्रो चरणमा कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछ । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुग्नेछ । 

आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ६ लाख ५६ हजार सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव ६० रहेको छ भने रू. शून्य दशमलव ४० प्रति शेयर नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७८/७९ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. २ करोड २९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म रू. १० दशमलव शून्य ३ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ८९ दमलव ६० रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस