aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुहेश्वरी मर्चेन्टको प्रस्तावित लाभांश संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ पुस २०७९
गुहेश्वरी मर्चेन्टको प्रस्तावित लाभांश संशोधन

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले यस अघि गरेको लाभांश प्रस्ताव संशोधन गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गर्न पुनः नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो ।

यसअघि कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम चृक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई संशोधन गर्दै कम्पनीले ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ९५ करोड ४ लाख रहेको छ । 

यसअघि ७ दशमलव ३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीले संशोधन गरी ६ दशमलव ८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।कम्पनीको पुस ११ गतेको सञ्चालक समितिको बैठकले संशोधन गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस