aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वितरण गर्यो नगद लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ पुस २०७९
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वितरण गर्यो नगद लाभांश

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मंसिर १० गते पारित गरेको नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट चुक्तापूँजी २१ अर्ब ६० करोडको आधारमा ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव मंसिर १० गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

यस वर्ष कम्पनीले नगद लाभांश मात्र वितरण गरेको हो । मंसिर २८ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै नगद लाभांश जम्मा गर्न सुरु गरिएकाले हालसम्म पनि बैंक खाता अद्यावधिक नगरेका सदस्यहरूले यथासिघ्र बैंक खाता अद्यावधिक गराई नगद लाभांश सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ । 

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि मंसिर १ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक ३० गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । मंसिर १ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र जम्मा गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस