
काठमाडौं । दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । मकर जितुमाया सुरि हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि सेबोनबाट पुस ७ गते अनुमति पाएका हुन ।
मकर जितुमाया सुरि हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी सानिमा मिडिल तमोरले ८३ लाख ३१ ह्जार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनबाट अनुमति पाएको हो ।
विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । यी दुबै कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगरीमा गएका र स्थानिय बासिन्दाका लागि साधारण शेयर निष्कासन गर्नेछन् भने दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस