
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीको आधारभूत शेयरधनीबाहेकको शेयर कारोबार फुकुवा गरेको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो । सोहीअनुसार कम्पनीको शेयर बुधवारदेखि कारोबारमा आउँदै छ ।
यो कम्पनी र महालक्ष्मी लाइफ एक आपसमा गाभिने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएसँगै प्रभु लाइफको शेयर असार ३१ गतेदेखि रोक्का थियो । यस आधारमा प्रभु लाइफको शेयर साढे पाँच महीनापछि शेयरधनीले खरीदविक्री गर्न पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस