aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेशनल लाईफको गोसाईकुण्ड हेली टुर सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ पुस २०७९
नेशनल लाईफको गोसाईकुण्ड हेली टुर सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागिे पौष ७ गते देखी  ९ गते सम्म “गोसाईकुण्ड हेली टुर” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले काठमाण्डौ बुढानिलकण्ठबाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको हो ।

भ्रमणमा जानु पूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्रीले अभिकर्ताहरुलाई सफल भ्रमणको शुभकामना दिँदै यस प्रकारको भ्रमणले अभिकर्ताहरुको मनोवल वृद्धि भई कम्पनीको व्यवसाय समेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट भई भ्रमण कार्यक्रममा सहभागी हुन सफल करिब २०० जना अभिकर्ताहरुलाई उनीहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गरेका थिए । 

कार्यक्रममा सहभागी अभिकर्ताहरुले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरु उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस