aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपालकै सर्वाधिक धनराशी भएको रियालीटी शो हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ पुस २०७९
नेपालकै सर्वाधिक धनराशी भएको रियालीटी शो हुँदै

काठमाडौं । नेपालकै सर्वाधिक धनराशी भएको रियालिटी शो हुने भएको छ । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ‘मेरो भ्वाइस युनिभर्स’ रे ‘मेरो डान्स युनिभर्स’ हुने भएको हो । 

जसमा विश्वभर छरिएर रहेका १६ वर्षमाथिका नेपाली भाषीहरूले सहभागिता जनाउन पाउने छन् । मेरो भ्वाइस युनिभर्सका विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउने भएका छन् । जसमा फस्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 

त्यस्तै, मेरो डान्स युनिभर्सका विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउने छन् । यो शोको फर्स्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउन आयोजकले जनाएको छ । जनवरी १ बाट प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा अडिसन गरिने जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस