aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रिमियममा आईपीओ जारी गर्न माण्डु हाइड्रोपावरले दियो, सेबोनमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ पुस २०७९
प्रिमियममा आईपीओ जारी गर्न माण्डु हाइड्रोपावरले दियो, सेबोनमा निवेदन

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । 

कम्पनीले अंकित मूल्य रू. १ सयमा प्रिमियम मूल्य रू. १४८ थपी प्रतिकित्ता रू. २४८ मा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्कासन गर्नका लागि पुस ११ गते सेबोनमा निवेदन दिएको हो । 

विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्न सेबोनको अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानीय बासिन्दाको लागि निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत् आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत १८ गतेबाटै विद्युत् उत्पादन शुरू गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस