
काठमाडौ । लुम्बिनी जनरल इन्स्यारेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । इन्स्यारेन्सको चुक्ता पुँजी एक अर्ब ३१ करोड २७ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस