
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ मा ६९ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आव २०७४/७५ को तुलनामा ३ दशमव ९५ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ६६ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको विद्युत विक्री आय भने घटेको छ । अघिल्लो आवमा ५ करोड ३१ लाख ७४ हजार रुपैया विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत वर्ष ५ करोड १४ लाख ४५ हजार रुपैयामात्र आम्दानी गरेको देखिन्छ । यस कम्पनीको चुक्तापूँजी २७ करोड रुपैया छ । अघिल्लो वर्षभन्दा जगेडा कोष रकम ९९ प्रतिशतले बृद्धि भई गत आवसम्म १ करोड ३९ लाख २६ हजार रुपैया कायम भएको छ । त्यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी २ दशमलव ५७ रुपैया रहेको छ ।
प्रतिक्रिया दिनुहोस