
काठमाडौं । काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको छ ।
अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी म्याक अल्फा जेनिथ 5w-30 र म्याक अल्फा जेनिथ ज्ञण्ध९घण् र अर्को म्याक रुवि ग्रीज पनि लन्च गरेको हो । यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जीनमा यस्को बहु बिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ ।
म्याक लुब्रिकेन्ट भारत पेट्रोलीयम कर्पोरेशन को उत्पादन मध्येको एक उत्पादन हो । यसले सोमा ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको म्याक लुब्रिकेन्टले जनाएको छ ।
नाडाले आयोजना गरेको अटो सोको उद्घाटन अर्थमन्त्री डा= युवराज खतिवडा र भारत पेट्रोलीयम क्रपोरेसनका कार्यकारि निर्देशक भि .आनद र सिप्रदीका सि.इ.ओ राजन बाबु श्रेष्ठले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस