aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

विभिन्न २२ कम्पनी र व्यक्ति कर्पोरेट अवार्डद्वारा सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ पुस २०७९
विभिन्न २२ कम्पनी र व्यक्ति कर्पोरेट अवार्डद्वारा सम्मानित

काठमाडौँ। ग्रोथ सेलर्सको भगिनी संस्था कर्पोरेट कल्व नेपाल प्रा.ली. ले 'द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स' को दोस्रो संस्करण सम्पन्न गरेको छ।  कार्यक्रममा बिभिन्न २२ कम्पनी र व्यक्ति कर्पोरेट अवार्ड द्वारा सम्मानित काठमाडौंमा आयोजित सो समारोह उपराष्ट्रपति नन्द बहादुर पुनको  मुख्य आतिथ्यमा बिहिबार सम्पन्न भएको हो ।

कर्पोरेट क्लब नेपालले आयोजना गरेको 'द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स' अन्तर्गत फिनटेक विधातर्फ नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले उक्त अवार्ड पाएको छ। त्यस्तै, उत्पादक तर्फ पोखरा नुडल्स प्रा. ली., वित्तीय संस्था तर्फ सिद्धार्थ बैङ्क लिमिटेड, इन्स्योरेन्स तर्फ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आइएसपी तर्फ वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड, आइटीमा क्लाउड फ्याक्ट्री नेपाल, होटेल तर्फ सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी, स्वास्थ्य तर्फ बयलपाटा अस्पताल, फार्मस्कयूटिकल तर्फ नेपाल औषधि प्रयोगशाला प्रा. ली. ले अवार्ड पाएका थिए। 

सो समारोहमा युनिलिभर नेपाल लिमिटेड, सानिमा माई हाइड्रोपावर लिमिटेड, पैँचो पसल प्रा. ली., दराज, बुद्ध एयर प्रा. ली., रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सीई कन्स्ट्रक्सन प्रा. ली. ले अवार्ड प्राप्त गरेका थिए। लिडरसिप फिमेलमा सुश्री सेवा पाठक र मेलमा श्री सिद्धार्थ समसेर जबरा ले अवार्ड प्राप्त गरेका छन्। 

नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिहरूको सम्मान गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । यस्ता कार्यक्रमले समाजमा सबैको मनोबल बलियो पार्नुको साथै समाजमा राम्रो काम गर्नका लागि प्रेरित र प्रोत्साहन गर्ने आयोजकको दाबी छ। 

प्रतिक्रिया दिनुहोस