aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बीमाशुल्क संकलनमा सबैभन्दा कमजोर नेशनल इन्स्योरेन्स, कसले गर्यो सर्वाधिक ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ पुस २०७९
बीमाशुल्क संकलनमा सबैभन्दा कमजोर नेशनल इन्स्योरेन्स, कसले गर्यो सर्वाधिक ?

काठमाडौं । निर्जीवन बीमा व्यवसायको क्षेत्रमा सबैभन्दा कमजोर नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमाशुल्क संकलनको तथ्यांकमा सबैभन्दा कम नेशनल इन्स्योरेन्स देखिएको हो ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म उक्त कम्पनीले ४१ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १२ हजार ९३५ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेको हो । 

सबैभन्दा कमजोर नेशनल देखिदा अब्बलमा शिखर इन्स्यारेन्स देखिएको छ । यस कम्पनीले मंसिर महिनासम्ममा एक अर्ब ५४ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ३४ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

चालु आवको साउनदेखि मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ११ लाख ४७ हजार २६४ बीमालेख जारी गरेका थिए ।

प्राधिकरणको तथ्यांक अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले ६६ करोड ४९ लाख, दि ओरियन्टल इन्स्यारेन्सले ५८ करोड ९५ लाख, युनाइटेड इन्स्योरेन्सले ५० करोड ४९ लाख, प्रिमियर इन्स्योरेन्सले ९० करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त बीमा शुल्क चालु आवको मंसिर मसान्तसम्मको हो । 

त्यस्तै, यस अवधिमा नेको इन्स्योरेन्सले एक अर्ब २७ करोड ८५ लाख, सगरमाथा इन्स्योरेन्सले एक अर्ब २९ करोड ४४ लाख र प्रभु इन्स्योरेन्सले ६० करोड ४९ लाख, आइएमई जनरल इन्स्योरेन्सले ७५ करोड ४० लाख प्र्रुडेसिन्यल इन्स्योरेन्सले ५३ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

त्यसैगरी, लुम्बिनी जनरल इन्स्योरेन्सले ७९ करोड ७९ लाख, एनएलसी इन्स्योरेन्सले ९३ करोड ८० लाख, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब १३ करोड ५२ लाख, अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १० करोड २५ लाख, सानिमा जिआइसी इन्स्योरेन्सले ८३ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस