aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रभु लाइफ इन्स्योरेन्सद्धारा बीमित परिवारलाई २० लाख भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ पुस २०७९
प्रभु लाइफ इन्स्योरेन्सद्धारा बीमित परिवारलाई २० लाख भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पौष २८ गते प्रभु लाइफमा रु. २० लाख बीमाङ्क रकमको जीवन बीमा गर्नुभएका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । 

पहिलो प्रीमियम स्वरुप रु. १ लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाउनु भएका उनको दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै मृत्यु भएको थियो । प्रभु लाइफले बीमित स्वर्गिय गणेश विश्वकर्माका श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच रु. २० लाखको चेक हस्तान्तरण गरेको थियो । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए । 

प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पार्नुभयो । जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए ।

 जसले बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास लिएका छौं, प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले बताए । दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस