
एजेन्सी। भारतीय अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले २९ डिसेम्बरमा राधिका मर्चेन्टसँग इन्गेजमेन्ट गरेका थिए । उक्त समारोहमा धेरै बलिउड सेलिब्रेटीहरु सहभागी भएका थिए । गायक मिका सिंहले सेलिब्रेटीले भरिएको साँझमा आफ्ना गीतहरूले दर्शकहरूलाई मोहित बनाए।
भारतीय मिडिया रिपोर्टका अनुसार उनले सो समारोहमा १० मिनेट मात्रै गीत गाए तर त्यसका लागि करिब डेढ करोड भारतीय रुपैयाँ अर्थात दुई करोड ४० लाख नेपाली रुपयाँ शुल्क लिएका थिए ।मीका सामान्यतया एक घण्टाको कार्यक्रमको लागि यति पैसा लिन्छन्।
अम्बानी परिवारमा हुने जुनसुकै समारोहमा मिका सिंह प्रायः देखिन्छन् । मुकेश अम्बानीका जेठा छोरा आकाश अम्बानी र छोरी ईशा अम्बानीको बिहेमा पनि मिका आफ्नो कलाको प्रदर्शनका साथ बिहेमा सामेल भएका थिए ।
मुकेश अम्बानीका छोरा अनन्तको एन्कोर हेल्थकेयरका सीईओ वीरेन मर्चेन्टकी छोरी राधिकासँग इन्गेजमेन्ट भएको थियो। यसको उत्सव मुकेश अम्बानीको घर एन्टिलामा राखिएको थियो । यस उत्सवमा मनोरञ्जन, व्यापार र राजनीति जगतका धेरै प्रसिद्ध व्यक्तित्वहरू सहभागी थिए। जसमा सलमान, शाहरुख, रणवीर कपुर- आलिया भट्ट, रणवीर सिंह, जान्हवी कपूर, अयान मुखर्जीलगायत फिल्म उद्योगका धेरै स्टारहरु सहभागी भएका थिए ।
राधिका व्यापारी विरेन मर्चेन्टकी छोरी हुन् । वीरेन मर्चेन्ट गुजरातका हुन्। उनी एडीएफ फुड्स लिमिटेडका पुर्वकार्यकारी निर्देशकका साथै एन्कोर हेल्थकेयर प्राइभेट लिमिटेडका सीईओ र उपाध्यक्ष हुन्।
वीरेनका दुई छोरी राधिका र अञ्जली छन् । वीरेन मर्चेन्टकी श्रीमती शैला पनि एक व्यवसायी हुन्। उनी एनकोर प्राइभेट लिमिटेडमा निर्देशक हुन् । राधिका पनि सोही कम्पनीमा निर्देशकको रुपमा काम गर्छिन् ।
प्रतिक्रिया दिनुहोस