aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

व्यापारीले दुधमा बढाए भारी मूल्य, साधारण चियाको मूल्य समेत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ पुस २०७९
व्यापारीले दुधमा बढाए भारी मूल्य, साधारण चियाको मूल्य समेत बढ्यो

काठमाडौं । दुग्ध उद्योगले भारी मात्रामा दुधको मूल्य बढाएका छन् । खुद्रा मूल्यमा व्यापारीहरुले एकै पटक लिटरमै १६ रुपैयाँले मूल्य बढाएको पाइएको छ । 

यसअघि ४२ रुपैयाँमा प्रतिपोका (आधा लिटर) दुध किनेर चिया तथा कफीको व्यापार गरेको बताउने चिया पसलेहरुले आज एक्कासी बजारमा ५० रुपैयाँ पोकाले दुध किन्नु परेको बताएका छन् । यसअघि  २५ रुपैयाँमा पाइने साधारण चियासमेत अब प्रतिकप ३० रुपैयाँ पुगेको छ । 

चियाको मुल्य भन्दा सामान्य लागे पनि यसले चियाका पारखीहरुलाई नै ठूलो असर पार्ने देखिएको छ । 

राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई वर्षमा मात्रै मूल्य वृद्धि गर्न पाइने प्रवाधान छ । तर एक वर्षको अन्तरालमै बजारमा मूल्यवृद्धि भएर आएको पाइएको हो ।

गत वर्ष सरकारी दुग्ध कम्पनी डीडीसीदेखि निजी उद्योगले समेत दुधको मूल्यवृद्धि गरेका थिए । दुग्ध उद्योगीहरुले भारी मात्रामा दुधको मूल्य बढाए पनि उपभोक्ता सम्बन्धी संघ संस्थाहरु भने बोलेका छैनन् । 
 

प्रतिक्रिया दिनुहोस