
काठमाडौं । कलाकार दुर्गेश थापामाथि स्टेजमै आक्रमण भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा प्रस्तुति दिइरहेका बेला थापामाथि आक्रमण भएको हो ।
मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो । आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अभिनेता पूर्णविक्रम उर्फ पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए । थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्रहार गरेको हुनसक्ने अनुमान गरिएको छ ।
शनिवारका दिन दर्शकको अत्यधिक भीड रहेकाले कसले ढुङ्गा प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ । व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस