aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ पुस २०७९
माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्कासनमा ल्याएको आईपीओ खरीदका लागि स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले स्थानीयबाट छिटो अवधि पुस ८ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि पुस १७ गतेसम्मको अवधि थप गरेको थियो । बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने कम्पनीले आईपीओ विक्री गरिसकेको छ । 

पहिलो आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि एकै दिन आईपीओ निष्काशन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीले २ लाख ४० हजार कित्ता शेयर खरीदका लागि पुस ८ गतेसम्म आईपीओ खरीदका लागि आवेदन दिएका थिए । 

निष्कासनमा रहेको  आईपीओ आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९  का स्थानीय,  धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४, ५, का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

प्रभवित क्षेत्रको रुपमा रहेका चैनपुर , धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्काशन गरेको हो  स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका संखुवासभाका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ ।

निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेको नेपालीमा आईपीओ विक्री पछि सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ ।कम्पनीले संखुवासभामा १४ दशमलव ९ मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस