काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्ज भएर सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट गत कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन् ।
पुस १४ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को वित्तीय विवरण नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो । मर्जरपछि कम्पनीको चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुगेको छ । कम्पनीलाई आगामी चैतभित्र २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस