aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो विशेष साधारण सभा, ८८.४५ प्रतिशत हकप्रद निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ पुस २०७९
लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो विशेष साधारण सभा, ८८.४५ प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले माघ ३ गते विशेष साधारण सभा बोलाएको छ । पुस ८ गतको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन भगवती बहाल, नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गर्नेछ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद शेयर निष्कासनको लागि नेपाल बीमा प्राधिकरणबाट पनि स्वीकृति प्राप्त हुन बाँकी रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ६५ करोड ३२ लाख रहेको छ । हकप्रद शेयर निष्कासन पछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिमको प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णृय पनि सभाले गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस