
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले पुस १८ गते सोमवार सातौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ ।
यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ९६ करोड २५ लाखको आधारमा ७ प्रतिशत कर समेत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस