काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सिद्धार्थ इन्स्योरेन्स कम्पनी, बुटवल पावर र हिमालयन बैकको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ९ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ६४४.९० रुपैयाँमा भएको थियो । बोनस शेयरपछि कम्पनीको शेयरमूल्य ५९१.६५ रुपैयाँमा समायोजन भएको छ ।
त्यस्तै, बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य ३२२.३८ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३३८.५० रुपैयाँमा भएको थियो ।
अनुसार हिमालयन बैैकको ८ प्रतिशत बोनस शेयरपछिका शेयरमूल्य ३३८.०६ रुपैयाँमा समायोजन भएको छ । बैकको अन्तिम कारोबार ३६५.१० रुपैयाँमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस