
काठमाडौं । निजी दुग्ध उद्योगहरुले अत्याधिक बढाएको दुधको मूल्य फिर्ता लिएका छन् । शनिबारदेखि अप्रत्यासित रुपमा प्रतिलिटर १६ रुपैयाँसम्म बढेको दुधको मूल्य आइतबारको दुई पक्षीय वार्तापछि फिर्ता भएको हो ।
डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योग तथा कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको टोलीसँग छलफल गरेपछि व्यवसायीहरु तत्कालका लागि बढाएको मूल्य फिर्ता लिन तयार भएका छन् ।
राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ । सोहिअनुसार यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारीसमा मन्त्रिपरिषदले दूधको मूल्य तोकेको थियो ।
एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस