aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ प्रतिशत हकप्रद शेयर खरीदका लागि म्याद थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ प्रतिशत हकप्रद शेयर खरीदका लागि म्याद थप

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ५५ दशमलव ५५ प्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले पहिलो पटक मंसिर २५ गतेदेखि २९ गतेसम्म उक्त हकप्रद शेयर विक्रीको लागि सुचना जारी गरेको थियो । 

दोस्रो पटक पनि पुस १ गतेदेखि १५ गतेसम्मको अवधि थप गरेको कम्पनीले यो अवधिमा छुटेका शेयरधनीहरूलाई मध्येनजर गर्दै पुस २० गतेसम्म तेस्रो पटक अवधि थप गरेको हो । कम्पनीको गत असोज २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले हाल कायम चुक्तापूँजी रू. ३६ करोडको आधारमा ५५ दशमलव ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय बमोजिम कम्पनीले साविकका शेयरधनीहरूको लागि १ बराबर शून्य दशमलव ५५ को अनुपातमा हकप्रद शेयर जारी गरेको हो ।

यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी समेत गरेको छ । कम्पनीले ४ लाख कित्ता शेयर निष्कासनका लागि २०७८ साल फागुन २० गतेनै बोर्डमा निवेदन दिएको हो । बोर्डमा दिएको निवेदन स्वीकृति प्रकृयालाई हेर्दा कम्पनीको आईपीओ अझै स्वीकृतिको प्रारम्भिक चरणमै रहेको छ ।

कम्पनीको अधिकृत पूँजी रू. १ अर्ब र जारी पूँजी रू. ४० करोड रहेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । वि.स २०७५ सालमा स्थापना भएको यस कम्पनीमा मुक्तिनाथ विकास बैंक लगायत नेपालका ८६३ जना भन्दा बढी ब्यवसायिक ब्यात्तिहरुको लगानी रहेको छ । यस कम्पनीले कृषि पेशालाई प्रतिस्पर्धी र मर्यादित बनाई युवाहरुको आर्कषणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पु¥याउने काम गर्दै आएको छ । 


 

प्रतिक्रिया दिनुहोस