
काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय बढेको छ । गत कात्तिक महनिाको तुलनामा मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरुको व्यवसाय २९.३५ प्रतिशतले बढेको हो । गत कात्तिम कसान्तसम्म जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका थिए । उक्त बीमाशुल्क मंसिर मसान्तसम्म आइपुग्दा ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
जीवन बीमा कम्पनीहरुले गत मंसिर महिनामा मात्र १३ अर्ब ५० करोड ४६ लाख बराबरको कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरुले १० लाख १ हजार १९९ बीमालेख जारी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार गत मंसिर मसान्तसम्म सबैभन्दा बढि नेपाल लाइफ इन्स्यारेन्सले बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले यस अवधिमा ९ लाख २८ हजार ४०६ वटा बीमालेख बिक्री गरी १५ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, यस अवधिमा नेशनल लाइफ इन्स्यारेन्सले ६ अर्ब ५३ करोड ८४ लाख, राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ५६ करोड १२ लाख, लाइफ इन्स्योरेन्स कर्पोरशेनले ७ अर्ब २ करोड ५१ लाख, मेट लाइफ इन्स्यारेन्सले २ अर्ब ९ करोड ५८ लाख र एशियन लाइफ इन्स्यारेन्सले २ अर्ब ८० करोड ४८ लाख रुपौयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
गुँरास लाईफ इन्स्यारेन्सले एक अर्ब १५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा सूर्या लाइफ इन्स्यारेन्सले २ अर्ब २ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । मंसिर मसान्तसम्ममा प्राइम लाइफ इन्स्यारेन्सले एक लाख ७२ हजार ९६३ वटा बीमालेख जारी गरेर एक अर्ब ८४ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क कमाएको छ ।
आइएमई लाइफ इन्स्यारेन्सले पनि चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म एक अर्ब ४७ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । जुन एक लाख ६२ हजार २३ वटा बीमालेख बिक्री गरेर आर्जन भएको हो । त्यस्तै, यस अवधिमा युनियन लाइफ इन्स्यारेन्सले ३ अर्ब ३ करोड ३१ लाख, ज्योति लाइफ इन्स्यारेन्सले एक अर्ब ४३ करोड २८ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्यारेन्सले एक अर्ब ६३ करोड १६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
प्राधिकरणको तथ्यांकमा उल्ल्ेख भए अनुसार रिलायन्स लाइफ इन्स्यारेन्सले एक अर्ब २१ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा रिलायबलले एक अर्ब ४३ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । यस्तै, सिटिजन लाइफ इन्स्यारेन्सले २ अर्ब २० करोड २८ लाख, सानिमा लाइफ इन्स्यारेन्सले एक अर्ब २३ लाख, प्रभुले ८२ करोड ५३ लाख र महालक्ष्मी लाइफले ६२ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस