aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइएमई लाइफको बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
आइएमई लाइफको बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि भएको छ । गत कात्तिक महिनाको तुलनामा मंसिर महिनामा यस कम्पनीको बीमाशुल्क संकलन १५.२१ प्रतिशतले बढेको हो ।   

गत कात्तिक महिनामा यस कम्पनीले २७ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले मंसिर महिनामा ३२ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

गत कात्तिक महिनामा यस कम्पनीले १५ हजार एक सय ७१ वटा बीमालेख जारी गरेको थियो भने मंसिर महिनामा १७ हजार सात सय तीन वटा बीमालेख जारी गरिएको थियो । 

गत आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा चालू आवको सोहि अवधिमा यस कम्पनीले १८.६८ प्रतिशतले व्यवसाय बढाएको छ । यो अन्य जीवन बीमा कम्पनीहरुको यस अवधिको तुलनामा सर्वाधिक वृद्धि हो । 

प्रतिक्रिया दिनुहोस