aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन्, हिमालयन डिष्टीलरीको ७० प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन्, हिमालयन डिष्टीलरीको ७० प्रतिशत लाभांश

काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि मंगलवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गरेसँगै भोलि मंगलवार अर्थात पुस १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६० प्रतिशत बोनस शेयर र कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज महानगरपालिका वार्ड नं लिपनिविर्ता पर्सामा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस