aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यातायात कार्यालयहरुमा घुँस खुवाएर काम गराउन खोज्ने  १५ जना नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
यातायात कार्यालयहरुमा घुँस खुवाएर काम गराउन खोज्ने  १५ जना नियन्त्रणमा

काठमाडौं । यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १३ जना विचौलियाहरू र नक्कली परिक्षार्थी २ जना समेत गरि १५ जनालाई आज सोमबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 

यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्‍याङ, चाबहिलबाट १३ जनालाई र भक्तपुर स्थित यातायात व्यवस्था कार्यालय ९सवारी चालक अनुमति पत्र० राधे राधे, भक्तपुरमा अर्कैको नाममा मेडिकल परिक्षा दिन आएका तथा परिक्षा दिन पठाउने २ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको हो । निजहरूले बिभिन्न यातायात कार्यालयहरुमा सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्‍याईदिन्छौ भनि प्रलोभनमा पारि हैरानी दिने  गरेका थिए ।  

कुनै पनि सरकारी कार्यालयहरुमा नियमसंगत रुपमा हुने काम कारवाहीमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारवाहीलाई प्रभावित पार्ने बिचौलिया प्रवृतीका व्यक्ति तथा समुह उपर प्रहरीले निगरानी तथा कारवाही बढाएको हुँदा यस किसिमको कुनै पनि जानकारी  भएमा प्रहरी हटलाईन १००, १०३, वा फोन नं ०१-४२२८४३५, ९८५१२८३०२६ मा जानकारी गराउनहुन समेत कठमाडौं उपत्यका प्रहरी कार्यालय सबैमा गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस