
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८÷७९ को लाभांश प्रस्ताव गरेको छ ।पुस १८ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तवा गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रहेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि आगामी साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस