aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ पुस २०७९
जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङसको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले यो आयोजना गरिएको हो । 

सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ ।  सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस  भौचर पनि जीत्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/ हिटर  चेक, ब्याट्री चेक र  ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उहाँहरुले ५०  प्रतिशत छुट  पाउनेछन् । इन्जिन कुलिंग, एसी÷ हिटर सम्बन्धि पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउने छन् । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र  इन्जिन आयलमा ५ प्रतिशत छुट पाउनेछन् । 
 
 

प्रतिक्रिया दिनुहोस