aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बीमा अभिकर्ता परीक्षा सम्बन्धी निर्देशिका सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ पुस २०७९
बीमा अभिकर्ता परीक्षा सम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ । प्राधिकरणले मंगलबार उक्त निर्देशिका सार्वजनिक गरेको हो । 

निर्देशिका अनुसार अभिकर्ताको परीक्षा दिन चाहनेले ५ सय रुपैयाँ आवेदन शुल्क तिर्नुपर्नेछ । अभिकर्ताको परीक्षा अनलाइनबाट सञ्चालन गरिनेछ । त्यस्तै, परीक्षालाई मर्यादित अनुशासित तथा व्यवस्थित गर्नका लागि परीक्षा सम्बन्धी आचार संहिता परीक्षा समितिले तोकेको बमोजिम हुनेछ । परीक्षा समितिमा संयोजकसहित ७ जना हुनेछन् । 

प्राधिकरणले जीवन र निर्जीवन बीमाका अभिकर्ताहरुको परीक्षाको लागि छ्ट्छ्ट्टै पाठ्क्रम सार्वजनिक गरेको छ । जीवन बीमाको अभिकर्ताहरुको परीक्षाका लागि जोखिम र जोअिम व्यवस्थापन, बीमो परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, जीवनबीमा सम्बन्धी कागजात, बीमाशुलक र बोनस, जोखिमाङकन, दावी, जीवन बीमाको बजारीकरण, बीमा अभिकर्ता र कर, बीमा सम्बन्धी कानुनी व्यवस्था र बीमा बजार पाठ्यक्रम तयार पारिएको छ । 

त्यस्तै, निर्जीवन बीमा अभिकर्ताको परीक्षाको लागि जोखिम र जोखिम व्यवस्थापन, बीमाको परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, निर्जीवन बीमा सम्बन्धी कागजात, बीमाशुल्क र बीमादर, जोखिमाङकन, दावी, निर्जीवन बीमाको बजारीकरण, बीमा अभिकर्ता र कर, बीमा सम्बन्धी कानुनी व्यवस्था र बीमा बजार पाठ्यक्रम तयार पारिएको छ । 

यस्तो छ निर्देशिका 


प्रतिक्रिया दिनुहोस