
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार आर्थिक वर्ष २०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस १७ गते स्वीकृत भएसँगै बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको हो । बोनस आर्जन गर्ने सम्पूर्ण जीवन बीमालेखहरुमा लागू हुने गरी बोनसदर निर्धारण गरिएको छ ।
सावधिक बीमा योजना अन्र्तगत बीमा अवधिअनुसार बीमितले न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर पाउनेछन् । त्यस्तै, सावधिक तथा आजीवन बीमा योजना अन्तर्गत बीमा अवधिअनुसार न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६० रुपैयाँ बोनसदर कायम गरिएको छ ।
कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम प्रतिहजार ४१ रुपैयाँदेखि अधिकतम ७५ हजार रुपैयाँसम्म बोनसदर तोकिएको कम्पनीले जनाएको छ । बोनरदर मृत्यु दाबी, चुक्ता मूलय दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखमा लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस