aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कालिञ्चोक दर्शनको आईपीओ बुधवार बाँडफाँट हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ पुस २०७९
कालिञ्चोक दर्शनको आईपीओ बुधवार बाँडफाँट हुदैं

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ पुस २० गते बुधवार बाँडफाँट हुने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि विक्री गरेको आईपीओ बाँडफाँट गर्न लागेको हो ।

पुस १८ गते नै प्रि अलोटमेन्ट गरिसकेको यो आईपीओको अन्तिम बाँडफाँट भने पुस २० गते दिउँसो ३ः३० बजेका लागि तय भएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नारायणचौर नक्सालमा रहेको कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट हुन लागेको हो ।

कम्पनीले गत मंसिर १४ गतेदेखि २८ गतेसम्म आईपीओ जारी गरेको थियो । कम्पनीले १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय वासिन्दामा र १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गरेको हो । 

कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका ६ हजार ६११ जना नेपालीले आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । स्थानीयबाट भने १५ हजार ४०० जनाको आवेदन प्राप्त भएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रारम्भिर सार्वजनिक निष्कासनमा छुट्याईएको १० प्रतिशत आरक्षण कालिञ्चोक दर्शनको आईपीओदेखि लागू भएको हो । 

कालिञ्चोक दर्शन दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार सञ्चालन गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस