aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ पुस २०७९
मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बुधवारसम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेसँगै भोलि पुस २० गते अर्थात् बुधवारसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेट बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस