
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीले शुभम पावर लिमिटेडको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पुस ६ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि जारी पूँजी रू. २० करोडको २० प्रतिशत अर्थात ४ लाख कित्ता शेयर मध्ये २० प्रतिशत अर्थात ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका वासिन्दामा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० को १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकोे हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीले यो शेयर खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो शेयर प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत गोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ ।
कम्पनीले आयेजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ यस आयोजनाको कुल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस