काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २१ गते अर्थात भोलि बुक क्लोजको मिति तय गरेको छ ।
जस अनुसार आजसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीको साधारणसभा ले पुस ३० गते अनुपम फुडल्याण्ड एण्ड ब्याङ्कवेट, बत्तिसपुतलीमा बिहान ११ बजे हुनेछ । उक्त कम्पनीले वितरण गर्न लागेको ५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड ९४ लाख १ हजार ८४५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस