
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडको दशौं वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौंमा आयोजना गरिएको थियो । सभाले करसहित ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस