aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पिपुल्स इन्भेष्टमेन्टको ३० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ पुस २०७९
पिपुल्स इन्भेष्टमेन्टको ३० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कात्तिक १६ गतेदेखि विक्रीमा ल्याएको ३० प्रतिशत हकप्रद शेयर खरीद गर्ने अवधि थप गरेको छ । कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक शेयरधनीहरूका लागि १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।  

यसअघि पुस २० गतेसम्मको मिति तय गरिएकोमा एक महिना अवधि थप गरी माघ २० गतेसम्म कायम गरिएको छ । पुस १९ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रदका लागि अवधि थप गर्ने निर्णय गरेको हो । 

हकप्रद शेयर खरीदका लागि कम्पनीको एनआईसी एशिया बैंकमा रहेको खाता नम्बर ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकको ०३१००१२००१२११८०००००१ मा रकम जम्मा गरी केन्द्रिय कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस