aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ठुला स्टारलाई पछि पारिन् दीपिकाले सम्पत्तिमा, यी हुन् कमाइका स्रोत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ पुस २०७९
ठुला स्टारलाई पछि पारिन् दीपिकाले सम्पत्तिमा, यी हुन् कमाइका स्रोत

एजेन्सी। दीपिका पादुकोण यतिबेला आफ्नो फिल्म ‘पठान’ का कारण निकै चर्चामा छिन् । उनी बिहीबार ३७ वर्षकी भइन् । फिल्मबाहेक उनीसँग कमाइका धेरै माध्यम छन् । एकातिर उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री हुन् भने अर्कोतर्फ उनले धेरै कम्पनीमा लगानी गरेर मनग्य आम्दानी पनि गरिरहेकी छिन् ।

यी चर्चित अभिनेत्रीको जन्म ५ जनवरी १९८६ मा डेनमार्कको कोपेनहेगनमा भएको थियो । पछिल्लो समय फिल्म ‘पठान’ का कारण चर्चामा रहेकी दीपिका फिल्ममा अभिनय मात्र होइन कमाइको हिसाबले पनि अगाडि छिन् । फिल्मबाट मात्रै होइन, दीपिकाले ब्रान्ड एन्डोर्समेन्ट, फिल्म निर्माण र धेरै कम्पनीमा लगानी गरेर धन आर्जन गर्ने गरेकी छिन्। 

सबैभन्दा पहिला दीपिका पादुकोणले फिल्मबाट गरेको कमाइको कुरा गरौँ । भारतीय सञ्चार माध्यममा प्रकाशित रिपोर्टहरूका अनुसार उनी एउटा चलचित्रका लागि १५ देखि ३० करोड भारु लिन्छिन् । उनको औसत मासिक कमाई २ करोडभन्दा बढी छ । फिल्म बाहेक, दीपिकाको सोसल मिडियामा पनि लगभग ८०  मिलियन फलोअरहरू छन् र उनले आफ्नो फोटोहरू मार्फत इन्स्टाग्राम र अन्य सोसल मिडिया प्लेटफर्मबाट पनि धेरै कमाउँछिन्। उनले ब्रान्डको समर्थन वा इन्स्टामा आफ्नो कुनै पोस्टको लागि करिब १.५ करोड रुपैयाँ शुल्क लिन्छिन्।

सेलिब्रेटीनेटवर्थ डटकम अनुसार मोडलिङबाट आफ्नो करियर सुरु गरेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको हाल करिब ४ करोड डलर भन्दा बढीको कुल सम्पत्ति छ। दीपिकाले सन् २००६ मा कन्नड फिल्म ‘ऐश्वर्या’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् र शाहरुखको अपोजिट बनेर ‘ओम शान्ति ओम’ मा स्यान्डीको भूमिका निर्वाह गरेर बलिउडमा दमदार प्रवेश गरेकी थिइन्।

दीपिकाको पहिलो फिल्म निकै हिट भएको थियो र उनलाई शीर्ष अभिनेत्री रूपमा गन्न थालियो। यसपछि दीपिकाले बलिउडमा ‘बाजीराव मस्तानी’, ‘चेन्नई एक्सप्रेस’, ‘रामलीला’, ‘पद्मावत’, ‘ये जवानी है दिवानी’ जस्ता धेरै ब्लकबस्टर फिल्म दिएकी छिन् । यसका अलावा उनले हलिउडमा पनि आफ्नो अभिनय क्षमता देखाइसकेकी छिन् । दीपिकाले विन डिजेलसँग 'एक्सएक्सएक्स: रिटर्न अफ जेन्डर केज' अमेरिकनमा काम गरेकी छिन् ।

मिडिया रिपोर्टहरू अनुसार हेर्दा दीपिका पादुकोणको नेटवर्थ वर्षैपिच्छे बढिरहेको छ । सन् २०१८ मा, उनको कुल सम्पत्ति लगभग ११३ करोड रुपैयाँ थियो, जुन सन् २०१९ मा लगभग १५० करोड रुपैयाँमा बढ्यो। यसपछि सन् २०२० सम्ममा उनको कुल सम्पत्ति १९८ करोड भयो । सन् २०२१ मा, दीपिकाको सम्पत्ति अझै बढ्यो र यो लगभग २२५ करोड रुपैयाँ पुगेको छ। पछिल्लो तथ्याङ्कको बारेमा कुरा गर्दा रिपोर्टमा उनको सम्पत्ति ३३० करोड रुपैयाँ भन्दा बढी भएको छ।

प्रतिक्रिया दिनुहोस