aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बढे सम्पत्ति बीमा गर्ने, एक महिनामा २०.९६ प्रतिशत बढी बीमाशुल्क सङ्कलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ पुस २०७९
बढे सम्पत्ति बीमा गर्ने, एक महिनामा २०.९६ प्रतिशत बढी बीमाशुल्क सङ्कलन

काठमाडौं । पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरूको सङ्ख्या बढेसँगै बीमा कम्पनीहरुले एक महिनामा सम्पत्ति बीमा बापत अघिल्लो महिनाको तुलनामा २०.९६ प्रतिशत बढी बीमाशुल्क सङ्कलन गरेका छन्। बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कात्तिक महिनाको तुलनामा मङ्सिर महिनामा सम्पत्ति बीमाशुल्क रकम ६० करोड १९लाख रुपैयाँले बढेको हो। 

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको यस अवधिमा सम्पत्ति बीमा बापत तीन अर्ब ४७ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन भएको छ । विभिन्न कम्पनीहरुले दुई लाख एक हजार ५८४ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क सङ्कलन गरेका हुन् । कात्तिक महिना सम्ममा निर्जीवन बीमा कम्पनीहरुले एक लाख ६३ हजार २५६ बीमालेख बिक्री गरी दुई अर्ब ८७ करोड १२ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका थिए ।

कुन प्रदेशबाट कति बीमाशुल्क आर्जन ?

प्राधिकरणका अनुसार चालु आवको मङ्सिर महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बापत गरिने बीमाबाट प्रदेश नम्बर १ मा ५० करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले ३१ हजार १८३ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क सङ्कलन गरेका हुन्। गत कात्तिक महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ४१ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

त्यस्तै, मधेस प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति बापत गरिने बीमाबाट ३४ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले उक्त प्रदेशमा १९ हजार १३८ बीमालेख बिक्री गरेका छन् । गत कात्तिकमा महिनामा उक्त प्रदेशबाट २७ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क रकम सङ्कलन भएको थियो ।

त्यसै गरी, निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशमा सम्पत्ति बीमाबाट सबैभन्दा बढी बीमाशुल्क सङ्कलन गरेका छन् । कम्पनीहरुले सो प्रदेशबाट ७५ हजार ५१७ बीमालेख बिक्री गरी एक अर्ब ९० करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । अघिल्लो महिनाको तुलनामा ३१ करोड ८० लाख रुपैयाँले बीमाशुल्क बढेको छ । कात्तिकमा कम्पनीहरुले उक्त प्रदेशमा सम्पत्ति बीमाबाट एक अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्राधिकरण अनुसार गण्डकी प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट १७ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ । अघिल्लो महिनाको तुलनामा उक्त बीमाशुल्क २ करोड ७० लाख रुपैयाँले बढी हो । यस अवधिमा कम्पनीहरुले २२ हजार ५१७ बीमालेख बिक्री गरेका छन् । कात्तिकमा महिनामा कम्पनीहरुले सम्पत्ति बीमाबाट बीमाबाट १५ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

त्यस्तै, लुम्बिनी प्रदेशमा बीमा कम्पनीहरुले ३४ हजार २१ बीमालेख बिक्री गरी ३२ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । उक्त बीमा शुल्क अघिल्लो महिनाको तुलनामा ६ करोड ५६ लाख रुपैयाँले बढी हो । गत कात्तिकमा कम्पनीहरुले ३२ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

त्यसै गरी, कर्णाली प्रदेशमा कम्पनीहरुले सम्पत्ति बीमाबाट सबैभन्दा कम तीन करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले ६ हजार ११७ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क सङ्कलन गरेका हुन् । कात्तिकमा कम्पनीहरुले २ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । अघिल्लो महिनाको तुलनामा उक्त रकम ८३ लाख रुपैयाँले बढी हो ।

प्राधिकरणका अनुसार सुदूरपश्चिम प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट १० करोड २७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा उक्त प्रदेशबाट १३ हजार ९१ बीमालेख बिक्री भएको छ । गत कात्तिक महिनामा कम्पनीहरुले यो प्रदेशमा ८ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो महिनाको तुलनामा उक्त बीमाशुल्क रकम १  करोड ९५ लाख रुपैयाँले बढी हो ।

प्रतिक्रिया दिनुहोस