aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अपि पावर कम्पनीको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ पुस २०७९
अपि पावर कम्पनीको लाभांश घोषणा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । पुस २१ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजारको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी १९औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।

अघिल्लो वर्षको मुनाफाबाट अपिले गत वर्ष १० दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस