aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आँधिखोला लघुवित्तले ३१.५८ प्रतिशत लाभांश माघ १३ गते पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ पुस २०७९
आँधिखोला लघुवित्तले ३१.५८ प्रतिशत लाभांश माघ १३ गते पारित गर्ने

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि साधारण सभा आव्हान गरेको छ । पुस २१ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन होटल गाउँवेशी सभाहल, स्याङ्जामा विहान ११ः३० बजे छैठौं वार्षिक साधारण सभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुृका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ११ करोड ९० लाख रहेको छ । कम्पनीले गत वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । सिवाईसी नेपाल लघुवित्तसँग मर्जर प्रकृयामा रहेको यस कम्पनीले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । 

एक वा एकभन्दा बढी लघुवित्तसँग मर्ज्र तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एकि दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस