aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेको इन्स्योरेन्सले माघ १५ गते साधारण सभा गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ पुस २०७९
नेको इन्स्योरेन्सले माघ १५ गते साधारण सभा गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले माघ १५ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २१ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । 

यस वर्ष पनि कम्पनीले गत वर्षकै अनुपातमा लाभांश वितरण गर्न लागेको हो । गत वर्ष पनि कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस